२ चैत्र २०८२, सोमबार | March 16, 2026

कांग्रेसले गोरखामा ६ जना बागीलाई कारबाही गर्‍यो



गोरखा । नेपाली कांग्रेस गोरखाले ६ जना बागी उम्मेदवारलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

शनिबार जिल्ला अनुशासन समितिका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको बताएका हुन् ।

कारबाहीमा पर्ने मध्ये आरुघाट गाउँपालिका वडा नम्बर-७ का रणबहादुर बराम, पालुङटार नगरपालिका वडा नम्बर-४ का स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद सोडारी, वडा नम्बर- १० का अमर धिताल र सरस्वती भारती, गोरखा नगरपालिका वडा नम्बर-४ का लालप्रसाद भट्टराई, गोरखा नगरपालिका वडा नम्बर – ६ का रंगुबाबु श्रेष्ठ रहेका छन् ।

उनीहरू सबैलाई पार्टीको विधान अनुसार पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

बागी उम्मेदवार सबैलाई गत बिहीबार [वैशाख २१] गतेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो । तर, तोकिएको समयसम्म पनि उम्मेदवारी फिर्ता नगर्ने र स्थगनको घोषणा नगर्नेलाई विधानतः स्वतः कारबाही गरिएको सभापति न्यौपानेले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : १४ बजे

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका