४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा रगतको अभाव देखियो, अभाव रोक्न आकस्मिक रक्तदान



बुटवल । देशभर स्थानिय निर्वाचनको चहलपहल जारि रहेको बेला रुपन्देहीमा भने रक्त अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र बुटवलमा रगत अभाव देखिएपछि बुटवलका सामाजिक संघसंस्थाहरुले दैनिकजसो आकस्मिक रक्तदान शुरु गरेका छन।

शनिबार गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियान रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम गरिएको संयोजक चिरन क्षेत्रीले बताए। रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको उनले बताए।

संयुक्त रक्तदान कार्यक्रममा ६१ युनीट रगत संकलन भएको सस्थाका अध्यक्ष भरत पुरीले जानकारी दिए । सामाजिक अभियान्ता ईश्वर मल्ल ठकुरी, कार्यक्रम संचालक केशब खनालले युवाहरुको अगुवाईमा समाजका समस्या समाधान गर्ने गरि काम गरिरहेको बताए।

पछिल्लो एकहप्तादेखि ब्लड बैकमा बिरामीका आफन्तहरु रगत लिन लाईन नै लाग्नुपर्ने अवस्था देखिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए।सामाजिक संजालमार्फत सुचना राखेर आकस्मिक रक्तदानलाई नियमित गरेपछि थोरै भएपनि समस्या कम भएको चौहानले जनाए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको