२८ असार २०८३, आइतबार | July 12, 2026

रुपन्देहीमा १२८ मतदानस्थल संवेदनशील, निर्वाचनका लागि साढे ४ हजार सुरक्षाकर्मी खटिए



बुटवल । रुपन्देहीमा स्थानीय तह निर्वाचनका लागि १२८ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये ६२ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार ७८ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् । सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको पाण्डेले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा चार हजार चार सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी २४ सय, नेपाल प्रहरी १४ सय र सशस्त्र प्रहरी ६०० परिचालन गरिएको पाण्डेले बताए । तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिने छ ।

पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी छन् ।

मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइने भएको छ । पाण्डेका अनुसार मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।

रुपन्देहीमा ७ सय वटा मतदान केन्द्र छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा छन् । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : ३५ बजे

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन