१९ बैशाख २०८३, शनिबार | May 3, 2026

मतदाता नामावलीमा नामै नभएपनि मतदान गर्न जिल्ला पुगेका विप्लवले मतदान गर्न पाएनन्



कपिलवस्तु । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु पुगेका थिए ।

बहिस्कारको राजनीति गर्दै आएको विप्लवका अर्का नेता खड्कबहादुर विश्वकर्मा दल दर्ताको समयावधि सकिएपछि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए भने विप्लव आफै मतदाता नामावलीमा नाम नभएरपनि मतदान गर्न जिल्ला पुगेका हुन् । देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ०१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय