८ पुस २०८२, मंगलबार | December 23, 2025

भक्तपुर नेमकिपाको फलामे किल्ला कायमै, मेयरमा प्रजापति र उपमेयरमा जोशी विजयी



काठमाडौं । नेपाल मजदुर किसान पार्टीको गढ रहेको भक्तपुर नगरपालिका सोही पार्टीका उम्मेदवारले विजय हासिल गरेका छन् ।

आज सम्पन्न मतगणनाअुनसार मेयरमा नेकपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका हुन् । मेयर उम्मेदवार प्रजापतिले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत मात्र पाउन सके ।

यसैगरी उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् । उनको पछि एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाए ।

प्रजापति र जोशी दुवै दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । सीमित साधन स्रोतका बाबजुद नेमकिपाले भक्तपुर नगरपालिकाको विकासमा राम्रो काम गरेकै कारण सो पार्टीका उम्मेदवार विजयी भएको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : १२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना