१८ श्रावण २०८३, सोमबार | August 3, 2026

खजुरा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ‘तुफान’ विजयी



बाँके । बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका डम्बरबहादुर विक (तुफान) विजयी भएका छन ।

तुफानले एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । तुफानले १० हजार सात सय ९० मत पाए । उनका निकतम प्रतिद्वन्द्वी एमालेका मल्लले ९ हजार एक सय ३७ मत पाएका छन् ।

त्यसैगरि, उपाध्यक्षमा नेपाली कांग्रेसबाट मञ्जु मल्लले १० हजार ३४ मत पाएर विजयी भइन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशाले आठ हजार ९१ मत पाएको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

त्यसैगरी, एकीकृत समाजबादीबाट अध्यक्षका उम्मेदवार होमनाथ सापकोटाले सात सय ९८ र राप्रपाका अध्यक्षका उम्मेदवारले एक हजार एक सय ७६ मत पाएको उनले बताए ।

विसं २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ । अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : ५९ बजे

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा