१२ पुस २०८२, शनिबार | December 27, 2025

खजुरा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ‘तुफान’ विजयी



बाँके । बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका डम्बरबहादुर विक (तुफान) विजयी भएका छन ।

तुफानले एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । तुफानले १० हजार सात सय ९० मत पाए । उनका निकतम प्रतिद्वन्द्वी एमालेका मल्लले ९ हजार एक सय ३७ मत पाएका छन् ।

त्यसैगरि, उपाध्यक्षमा नेपाली कांग्रेसबाट मञ्जु मल्लले १० हजार ३४ मत पाएर विजयी भइन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशाले आठ हजार ९१ मत पाएको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

त्यसैगरी, एकीकृत समाजबादीबाट अध्यक्षका उम्मेदवार होमनाथ सापकोटाले सात सय ९८ र राप्रपाका अध्यक्षका उम्मेदवारले एक हजार एक सय ७६ मत पाएको उनले बताए ।

विसं २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ । अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : ५९ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको