२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

अर्घाखाँचीको सन्धिखर्कमा एमाले विजयी



अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएको छ ।

नगर प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले नौ हजार ५३५ मत प्राप्त गरेका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार हुथिए । त्यसबेला उनी नेपाली कांग्रेसका कमलप्रसाद भुसालसँग एक हजार १०३ मतले पराजित भएका हुन् ।

यस्तै उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएकी छिन । आचार्यले नौ हजार ६४६ मत प्राप्त गरिन । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राजेन्द्र भुसालले नौ हजार १६८ मत ल्याए ।

यस्तै सन्धिखर्कमा वडा नं १, ३, ४, ५, ८, ११ र १२ मा कांग्रेस विजयी भएको छ भने वडा नं २, ६, ७ र ९ मा एमाले तथा वडा नं १० मा माओवादी केन्द्र विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : ५३ बजे

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले