७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपाल भारतको सीमामा पर्ने नेपालगन्जको १६ नम्बर वार्डमा माओवादी केन्द्रको प्यानल विजयी



नेपालगन्ज । नेपाल भारतको सीमानाकामा पर्ने नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १६ मा नेकपा माओवादीको अध्यक्ष सहित प्यानल नै विजयी भएको छ । वडा नम्बर १६ को वडाअध्यक्षमा माओवादी केन्द्रका कलीम अहमद जोलाहा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी(जसपा)का सलीम जोलाहासंग २९८ को मतान्तरले कलीम निर्वाचित भएका हुन् ।

माओवादीका कलीमले १३८४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी सलीमले १०८६ मत ल्याएका छन् । निर्वतमान वडाअध्यक्ष समेत रहेका नेपाली कांग्रेसका हनिफ जोलाहाले भने १०१७ मत मात्र प्राप्त गरे ।

वडामा माओवादी केन्द्रकै वडासदस्यहरु निर्वाचित भएका छन् । मोहेयद्दीन कवडीया, रामनरेश कहार, खिजय रानी कुर्मी र रमादेवी चमार निर्वाचित भएका छन् ।

सो वडामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : २० बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा