१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमाले किल्ला ढलाउँदै हेटौडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा बनिन् नगर प्रमुख



हेटौडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन्।

निकटतम् प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा विजयी भएकी हुन्। लामाले २३ हजार ६७ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ मत पाए । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे।

यस्तै, हेटौडा उपमहानगरको उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्।

उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचित भएका हुन् । दोस्रो भएकी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याउँदा राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले ५ हजार ८ सय ८७ मत प्राप्त गरिन्।

लामाको जीतसँगै एकीकृत समाजवादीले पाएको एउटा उपमहानगर जितेको छ। लामा हेटौडाकी निवर्तमान उपमेयर हुन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १ : ५७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग