२८ असार २०८३, आइतबार | July 13, 2026

एमाले किल्ला ढलाउँदै हेटौडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा बनिन् नगर प्रमुख



हेटौडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन्।

निकटतम् प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा विजयी भएकी हुन्। लामाले २३ हजार ६७ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ मत पाए । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे।

यस्तै, हेटौडा उपमहानगरको उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्।

उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचित भएका हुन् । दोस्रो भएकी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याउँदा राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले ५ हजार ८ सय ८७ मत प्राप्त गरिन्।

लामाको जीतसँगै एकीकृत समाजवादीले पाएको एउटा उपमहानगर जितेको छ। लामा हेटौडाकी निवर्तमान उपमेयर हुन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १ : ५७ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली