५ पुस २०८२, शनिबार | December 20, 2025

भरतपुरमा सहज जितको सन्निकटमा रेनु, मतान्तर १० हजार नाघ्यो



काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले जितको नजिक पुगेकी छिन् ।

दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग १० हजार १२६ मतले अग्रता लिएकी छिन् ।

मतगणनाको पछिल्लो रिपोर्टअनुसार दाहालले ४४ हजार ३०५ मत पाएकी छिन् भने उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निकै अघि छन् । चित्रसेनको मत ४५ हजार ४६८ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार ४६ मत पाएकी छिन् । उपमेयरको मतअन्तर १८ हजार ४२२ रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ११ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको