२४ भदौ २०८३, बुधबार | September 10, 2026

खजुरा गाँउपालिकाको पहिलो बैठक : वडाबाटै सामाजिक सुरक्षा भत्ता, अभिभावक बिहिन बालबालिकाको जिम्मा गाँउपालिकाले लिने



खजुरा । खजुरा गाँउपालिकाको पहिलो बैठकले पालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठले पालिकाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता बेंकहरुको समन्वयमा वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले दिर्घरोगी र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क र घरघरमै पुगेर गर्ने निर्णय गरेको पालिकाका नवनियुक्त प्रवक्ता धनराम ओलीले जानकारी दिए । ओलीका अनुसार बैठकले खजुरामा अभिभावक बिहिन बालबालिकाको पहिचान गर्ने र गाँउपालिकाले उनीहरुको अभिभावकत्व ग्रहण गर्ने पनि निर्णय गरेको छ । शहरिकण बढेसँगै गाँउपालिकामा फोहोर व्यवस्थापनको समस्या देखिन थालेको भन्दै बैठकले प्रवक्ता ओलीको संयोजकत्वमा फोहर व्यवस्थापनका लागि (ल्याण्डफिल साईड) जग्गा खोजि गर्न समिति गठन गरिएको छ ।

सोमबार बसेको बैठकले वडा नम्बर २ का वडा अध्यक्ष धरराम ओलीलाई गाँउपालिकाको प्रवक्ता तोकेको थियो । स्थानीय तह निर्वाचनमा एमालेका सुमन मल्ललाई हराउँदै १०७९० मतका साथ गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर विक तुफान र १००३४ मत सहित कांग्रेस उम्मेदवार मन्जु मल्ल विजयी भएपछि पालिकाको पहिलो बैठक सोमबार बसेको हो ।

खबुरकुरासंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष तुफानले घोषणापत्रमा उल्लेख भएका विषयहरु क्रमशः पुरा गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : ०६ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको