२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मेचिमहाकाली बृहत रक्तदान कार्यक्रमसंगै साईकलयात्री बुटवलमा



बुटवल । मेचिमहाकाली बृहत रक्तदान कार्यक्रमसंगै साईकलयात्राका सहभागीहरु बुटवलमा आईपुगेका छन ।

बुटवलका विभिन्न साईकल क्लबमा पदाधिकारी, सदस्यहरुले सो अभियानका सदस्यहरु सन्देश सुवेदी, अजित बराल र सन्तोष गिरिलाई स्वागत तथा सोमबार बुटवलमा बृहत रक्तदान कार्यक्रम गरिएको हो ।

एक समारोहका बिच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही जिल्लाका अध्यक्ष कृष्ण चौहानले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । रगत अभाव भैरहेको बेला यस्ता अभियान निक्कै महत्वपुर्ण हुने बताए ।

समाजका आजीवन सदस्य सन्देश सुवेदीले मेचिबाट शुरु भएर महाकालीसम्म पुग्ने र देशभरका मुख्य शहरहरुमा रक्तदान कार्यक्रम गर्ने गरि अभियान थालिएको बताए । बैशाख २५ गतेबाट मेचि पुलबाट यात्रा सोमबार बुटवल आएका हुन ।

अभियानमा ३ जना साईकलयात्रुहरु सहभागी छन । अभियानको क्रममा काकडभित्ता, धरान, जनकपुर, हेटौडा, चितवनमा रक्तदान गरिएको उनले बताए । स्थानिय रक्तदाता संघसंस्थाहरुको सहयोगमा बुटवलमा पनि कार्यक्रम गरिएको उनले बताए । बुधबार भैरहवामा समेत रक्तदान कार्यक्रम गर्ने उनले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : २० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको