२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मेचिमहाकाली बृहत रक्तदान कार्यक्रमसंगै साईकलयात्री बुटवलमा



बुटवल । मेचिमहाकाली बृहत रक्तदान कार्यक्रमसंगै साईकलयात्राका सहभागीहरु बुटवलमा आईपुगेका छन ।

बुटवलका विभिन्न साईकल क्लबमा पदाधिकारी, सदस्यहरुले सो अभियानका सदस्यहरु सन्देश सुवेदी, अजित बराल र सन्तोष गिरिलाई स्वागत तथा सोमबार बुटवलमा बृहत रक्तदान कार्यक्रम गरिएको हो ।

एक समारोहका बिच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही जिल्लाका अध्यक्ष कृष्ण चौहानले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । रगत अभाव भैरहेको बेला यस्ता अभियान निक्कै महत्वपुर्ण हुने बताए ।

समाजका आजीवन सदस्य सन्देश सुवेदीले मेचिबाट शुरु भएर महाकालीसम्म पुग्ने र देशभरका मुख्य शहरहरुमा रक्तदान कार्यक्रम गर्ने गरि अभियान थालिएको बताए । बैशाख २५ गतेबाट मेचि पुलबाट यात्रा सोमबार बुटवल आएका हुन ।

अभियानमा ३ जना साईकलयात्रुहरु सहभागी छन । अभियानको क्रममा काकडभित्ता, धरान, जनकपुर, हेटौडा, चितवनमा रक्तदान गरिएको उनले बताए । स्थानिय रक्तदाता संघसंस्थाहरुको सहयोगमा बुटवलमा पनि कार्यक्रम गरिएको उनले बताए । बुधबार भैरहवामा समेत रक्तदान कार्यक्रम गर्ने उनले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : २० बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी