२० बैशाख २०८१, बिहिबार | May 2, 2024

मतगणना सकिनु अघि नै बालेनले जिते काठमाडौं महानगरको मेयर



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेका छन् । गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेन शाहले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् ।

बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ ।

मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।

हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले २१ हजार १२१ बढी मत पाएका छन् ।

काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले १० हजार ३२२ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । पछिल्लो अपडेट अनुसार १ लाख ७१ हजार ८०२ मतगणना भइसकेको छ । अब १९ हजार ३२३ मत गन्न बाँकी रहेको छ ।

हालसम्म गणना भएकोमध्ये बालेनले ३२ प्रतिशत, सिर्जनाले २१ प्रतिशत, स्थापितले २० प्रतिशत, सुमनले ६ प्रतिशत र बाँकी अन्य उम्मेदवारहरुले प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ११ : २५ बजे

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज