७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नबिल बैंकले गर्यो चिकित्सक संघसँग बैंकिङ्ग सम्झौता



काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजँर अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकाल देखिनै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गरि चिकित्सकहरुको पेशागत अधिकार सुनिस्चित गर्न निरन्तर अग्रसर रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : १३ बजे

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ