२५ असार २०८३, बिहिबार | July 9, 2026

गोरखकाली रवर उद्योग र भृकुटी कागज कारखानाको स्वामित्व मागेको छु : मुख्यमन्त्री पोखरेल



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द भएका प्रदेशभित्रका उद्योग सञ्चलनका लागि आफूले संघ सरकारसँग स्वामित्व मागेको बताएका छन् ।

प्रदेशसभामा सम्बोधन गर्दै उनले उद्योगमार्फत समृद्धि हासिल गर्न प्रदेश निरन्तर लागिरहेको बताए । उनले अलपत्र अवस्थामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनको जिम्मा प्रदेश सरकारले मागेको बताए ।

‘कुन मोडलमा सञ्चालन गर्ने हो, त्यसको तयारी हामी गर्छौ,’ उनी भन्छन्, ‘यति धेरै सम्भावना रहेको उद्योगलाई अलपत्र अवस्थामा छाड्नु हुँदैन भनेर मैले सम्माननीय प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको छु ।’

यस्तै, भृकुटी कागज कारखानाले ओगटेको जग्गालाई सदुपयोग गर्न पनि संघसँग उनले माग गरेका छन् । उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनालाई तत्काल अगाडि बढाउन, प्रदेश शिशु स्याहार केन्द्र, बहुसांस्कृतिक ग्राम, प्रदेशस्तरीय विज्ञान प्रविधि प्रयोगशाला, अपांगता ग्राम निर्माण, गण्डकी विश्वविद्यालय, शिक्षण अस्पताल, विपी स्मृति अन्तर्राष्ट्रिय खेल ग्राम, औद्योगिक क्षेत्रहरु लगायतका आयोजना कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराएको पोखरेलले बताए ।

उनले संघीय निजामती सेवा ऐन नआउँदा प्रदेश निजामती सेवा ऐन तर्जुमा गर्न नपाएको गुनासो गरे । यो ऐन कार्यान्वयन नहुँदा कर्मचारीको वृत्तिविकास रोकिएको छ भने कर्मचारी व्यवस्थापन हुन सकेको छैन । उनले नयाँ बजेटबाट कोभिडले थलिएको अर्थतन्त्र चलायमान बनाउने र आशा सन्चार गर्ने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

प्रदेश सरकार अहिले बजेटको तयारीमा रहेको भन्दै त्यसका लागि सुझाव दिन सांसदहरुसँग आग्रह गरेका छन् । ‘आगामी वर्षको बजेट कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सरोकारवाला तथा विज्ञसँग छलफल गरी सुझाव लिएका छौं । विज्ञ प्रतिनिधिसँग नीति तथा कार्यक्रम र बजेटका बारेमा वृहत छलफल गरी राय संकलन गरेका छौं,’ उनले भने, ‘संघ सरकारबाट हुनुपर्ने स्रोत हस्तान्तरका लागि प्रदेश सरकारले केन्द्रलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । प्रदेश समस्या समाधान समितिको बैठकमा उठेका सवालमध्ये संघ सरकारसँग जोडिएका विषयलाई मैले २०७८ चैत १५ गते बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रष्टसँग राखेको छु ।’

पोखरेलले स्थानीय चुनाव सम्पन्न गरेकोमा संघ सरकारलाई धन्यवाद दिँदै संघीयता मजबुतीका लागि काम गर्न नव निर्वाचित जनप्रतिनिधिलाई अपिल गरेका छन् । ‘स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्ने विभिन्न कोणबाट आएका आशंकालाई चिर्दै गठबन्धन सरकारले समयमै निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दछु,’ उनले भने, ‘स्थानीय तहका नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुमा हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना साथै स्थानीय तह र प्रदेश सरकारका बीचमा सहकार्य बढेर जाने विश्वास व्यक्त गर्दछु ।’ उनले नवनिर्वाचित पदाधिकारीका लागि असार महिनाभित्रै प्रदेश सरकारले अनुशिक्षण कार्यक्रम सन्चालन गर्ने बताए ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ८ : ५६ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’