४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्थापना दिवसमा जमघटको रक्तदान



बुटवल । जमघट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार वार्षिक कार्यक्रम अन्तरगत रक्तदान गरेको छ । तिनाउ टोलमा ९ वर्षअघि स्थापना भएको संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच वडा नं ३ का वडा अध्यक्ष विष्णु ढकालले रक्तदातालाई ब्लड ब्याग बितरण गरि उद्घाटन गरेका छन । सामाजिक कार्यहरुमा सब‍ैभन्दा उत्तम कार्य र मानविय जीवन रक्षाका लागि रक्तदान गर्नुपर्ने उनले बताए । स्थानिय वडाबासीहरुलाई शिक्षा र स्वस्थ्यको सेवालाई प्रभावकारी बनाउने आफू लाग्ने प्रतिवद्धता जनाउदै टोलटोलका संघसंस्थालाई सचेतना कार्यक्रममा सहकार्य गर्न सुझाव दिए ।

संस्थाका अध्यक्ष गोपाल कुमार प्रधानले २०७० मा स्थापना भएको संस्था शेयरसदस्यहरुको आयआर्जन वृद्धिको लागि लागेको बताए । सानासाना उत्पादशिल क्षेत्रमा लगानीसंगै सामाजिक कार्यमा समेत निरन्तर लागेको उनले बताए ।

कार्यक्रममा वडा महिला सदस्य रतिमला बिक, रक्तसंचार केन्द्रका राधा शर्मा, प्रबन्ध संचालक अमित बिसिले रगत अभावको अवस्थामा गरिएको कार्यक्रमबाट थोरै भएपनि सहयोग मिल्ने बताए ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुव भुषालले महिला रक्तदाताको उलेख्य सहभागिता रहेको बताए। स्थानिय १६ जना महिलासहित ५० जना रक्तदाताहरुबाट रक्तदान गरिएको उनले बताए।सहकारी संस्थामा करिब ३ सय रहेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ११ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको