१ पुस २०८२, मंगलबार | December 16, 2025

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटायो, १० रुपैयाँ मूल्य घट्ने



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बढुले पेट्रोलियम पदार्थमा लगाईंदै आएको कर घटाउने निर्णय भएको जनाकारी गराएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढ्दै गएपछि त्यसमा लगाईंदै आएको कर घटाएर उपभोक्तालाई राहत दिन यही जेठ १० गतेको मन्त्रिपरिषद् बैठकमा कर घटाउने निर्णय भएको थियो ।

सरकारले अहिले पेट्रोलियम पदार्थमा ६३ रुपैयाँ कर लिँदै आएको छ । कुन कुन शिर्षकमा कर घटाउने भन्ने विषयमा अर्थमन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री दिलेन्द्रप्रसाद बढुले जनाएका छन् । बढुले भने, ‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर अर्थमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मा दिएको छ। अर्थले हिसाबकिताब गरेपछि कार्यान्वयनमा ल्याउनेछ।’

अर्थमन्त्रालयले पूर्वाधार कर र भन्सार दर घटाउने गृहकार्य गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार करमा ५ रुपैयाँ र भन्सार दर १० रुपैयाँ लिने निर्णय गरेका थिए । अहिले भने पूर्वधार कर नै १० रुपैयाँ छ । दुवै क्षेत्रबाट पाँच पाँच रुपैयाँ गरी १० रुपैयाँसम्म कर घटाउने निर्णय हुनसक्ने बताइएको छ । अहिले आयल निगले सातामा दुई पटक मूल्यवृद्धि गरी पेट्रोलको १८० रुपैयाँ र डिजेल र मट्टितेलको १६३ रुपैयाँ लिँदै आएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : ०९ बजे

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर