२५ भदौ २०८३, बिहिबार | September 10, 2026

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटायो, १० रुपैयाँ मूल्य घट्ने



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बढुले पेट्रोलियम पदार्थमा लगाईंदै आएको कर घटाउने निर्णय भएको जनाकारी गराएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढ्दै गएपछि त्यसमा लगाईंदै आएको कर घटाएर उपभोक्तालाई राहत दिन यही जेठ १० गतेको मन्त्रिपरिषद् बैठकमा कर घटाउने निर्णय भएको थियो ।

सरकारले अहिले पेट्रोलियम पदार्थमा ६३ रुपैयाँ कर लिँदै आएको छ । कुन कुन शिर्षकमा कर घटाउने भन्ने विषयमा अर्थमन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री दिलेन्द्रप्रसाद बढुले जनाएका छन् । बढुले भने, ‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर अर्थमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मा दिएको छ। अर्थले हिसाबकिताब गरेपछि कार्यान्वयनमा ल्याउनेछ।’

अर्थमन्त्रालयले पूर्वाधार कर र भन्सार दर घटाउने गृहकार्य गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार करमा ५ रुपैयाँ र भन्सार दर १० रुपैयाँ लिने निर्णय गरेका थिए । अहिले भने पूर्वधार कर नै १० रुपैयाँ छ । दुवै क्षेत्रबाट पाँच पाँच रुपैयाँ गरी १० रुपैयाँसम्म कर घटाउने निर्णय हुनसक्ने बताइएको छ । अहिले आयल निगले सातामा दुई पटक मूल्यवृद्धि गरी पेट्रोलको १८० रुपैयाँ र डिजेल र मट्टितेलको १६३ रुपैयाँ लिँदै आएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : ०९ बजे

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी