२९ असार २०८३, सोमबार | July 13, 2026

जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने कामपा उममेयर डंगोलको प्रतिवद्धता



काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको बताइन ।

आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबै मतदाताहरुलाई आह्वान गरिन । उपमेयर डंगोलले आफूहरुको जीतले युवाहरुमा आशाको दिप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढता समेत व्यक्त गरिन । उनले भनिन, ‘यो जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ट भई इमान्दारितपूर्वक काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता पनि यहाँहरुमाझ जाहेर गर्न चाहन्छु । यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सूरु भएको छ, औपचारिक रुपमा । यो अभियानमा जसरी यहाँहरुले युवाहरुलाई विश्वास गर्नु भएको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवा जमात बढिरहँदा यो जीतले केहीनकेही आशाको किरण, आशाको द्धीप थपि दिएको छ । र, यो आशाको द्धीपलाई निभ्न दिनेछैन । यसका लागि यहाँहरुलाई पनि साथ दिनुपर्छ । एक÷अर्काको खुट्टा तान्ने प्रवृतिबाट माथि उठनुपर्छ । म भन्ने शब्दभन्दा माथि उठनु पर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खवरदारी गर्नुहोला ।’

उपमेयर डंगोलले एक÷अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको पनि बताइन । उनले आफूहरुबाट गल्ती हुन नदिन आम मतदाताले खवरदारी गरिरहने विश्वास समेत व्यक्त गरिन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ०६ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

बैंकक। थाइल्याण्डको राजधानी बैंककस्थित एक लोकप्रिय पबमा आइतबार मध्यराति भएको