२० बैशाख २०८३, आइतबार | May 3, 2026

मन्त्री बडूको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन रुलिङ गरेका छन् ।

शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्नेक्रममा मन्त्री बडूले दिएको अभिव्यक्तिमा असंसदीय शब्द प्रयोग गरेको भन्दै एमाले सांसदले नियमापत्ति जनाएका थिए । त्यसपछि बैठक चल्न नसकेपछि स्थगित गरिएको बैठक फेरि सुरु भएको हो ।

शुक्रबारको दोस्रो बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडूको अभिव्यक्तिमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुख सापकोटाले भने – ‘माननीय सदस्यहरु आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा असंसदीय शब्द प्रयोग भएको भनि प्रमुख विपक्षी दलका माननीय सदस्यहरुले नियमापत्ति जनाउनुभएको हुँदा माननीय मन्त्रीले बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

सभामुखको रुलिङ पछि संसद बैठक सुचारु भएको छ । सांसदहरुले सरकारले प्रस्तुत गरेको आ.व.२०७९÷८० को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरिरहेका छन ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ५१ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता