२५ भदौ २०८३, बिहिबार | September 10, 2026

मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्काजाम, सडकमै चियापान (फोटो फिचर)



भैरहवा । मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्काजाम  गरिएको छ । पेट्रोलियम पदाथ, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै विरोधस्वरुप चक्काजाम गरिएको हो ।

अनेरास्ववियू, राष्ट्रिय यूवा संघ नेपाल र अखिल नेपाल महिला संघको सिद्धार्थनगर नगरकमिटीले चक्काजाम  गरेको हो । भैरहवाको मुख्य चोक बुद्ध चोकमा तीनै संस्थाले संयुक्त रुपमा साझ ५ बजेदेखि साढे ६ बजे सम्म चक्काजाम गरेका हुन् । चक्काजामले सिद्धार्थ राजमार्ग र भैरहवा तौलिहवा सडक केही समय अवरुद्ध रह्यो । नागरिकलाई सास्ती दिनु भन्दा पनि शान्तिपूर्ण रुपमा सरकारको विरोध स्वरुप बन्द चक्काजाम गरिएको हो ।

समान्य नागरिकले जीवन थेग्न नसक्ने गरी जनतालाई ढाड सेक्ने गरी भएको मुल्य बृद्धि तत्काल फिर्ता गर्नका लागि सरकारको ध्यानाकृष्ट होस भन्ने हेतुले पनि चक्काजाम  आवहान गर्न परेको अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य लक्ष्मी केसीले बताइन ।

संयुक्त भातृ संगठनको चक्कजामले यात्रुहरुलाई सास्ती दिनुको साटो मनोरञ्जन समेत दिएका छन् । चक्कजाम गरेर संगठनका कार्यकर्ता तथा नेताहरुले सडकमै चिया पकाएर चियापान गरेका छन् । उनीहरुले दाउरा बालेर सडकमै चिया पकाएर यात्रु र उपस्थितलाइ चियापान गराएका थिए ।

चक्काजामअगावै अनेरास्वियुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ । गठबन्धन सरकारले नियोजित ढङले मुल्यबृद्धिका लागि प्रोत्साहन गरिरहेको र पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य बृद्धि गरेकोले बाध्य भएर चक्काजाम गर्नु परेको जनाएको छ ।

अनेरास्ववियू सिद्धार्थनगर नगरकमिटिका अध्यक्ष सुनिल खनाल नेर्तृत्वमा संगठनको टोलीले ले प्रजिअ तिवारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

फोटो : लक्ष्मी केसी

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : २५ बजे

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी