१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बालिकाको हकमा केही नसोची हदम्याद हटाऔं, अन्यकामा पुनर्विचार गरौँ : राष्ट्रियसभा सदस्य पौडेल



काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले बालिका बलात्कृत भएको घटनामा केही सोच्दै नसोची उजुरी लिने हदम्याद हटाउनुपर्ने बताएकी छिन् । अन्यको हकमा भने पुनर्विचार आवश्यक रहेको बताइन् ।

बालिका हुँदा बलात्कृत भए घटनाबारे उजुरी दिन नसक्ने स्थिति हालै सार्वजनिक भएको ८ वर्षअघिको बलात्कार घटनाले पुष्टि गरेको उनी बताउँछिन् ।

‘बालिकाको सवालमा चाहिँ हदम्याद पूर्ण रूपमा हटाइनुपर्छ । त्यसो भएपछि बालिका हुँदा बलात्कृत भएको तर हिम्मत नपुगेका कारण उजुरी गर्न नसकेको अवस्था हो भने पीडितले पछि उजुरी गर्न सक्छन्’, डा. पौडेलले खबरकुरासँग भनिन्, ‘किनभने शारीरिक र मानसिक रूपमा परिपक्‍व भएर हिम्मत जुटाउँदै उजुरी दिन समय चाहिँदोरहेछ ।’

उनले बालिकाबाहेकका हकमा भने हदम्याद हटाउनु पहिले अध्ययन आवश्यक रहेको बताएकी छिन् ।

‘बालिकाको हकमा जसरी पूर्णरूपमा केही नसोची जसरी हदम्याद हटाउनुपर्छ भन्यौँ, अन्यको हकमा पुनर्विचार वा पुनरवलोकन गर्नुपर्छ भनेका छौँ । किनभने अनुसन्धान आवश्यक छ’, पौडेलले बताइन् ।

शुक्रबार राष्ट्रियसभा सदस्य कमला पन्त प्रस्तावक भएर राष्ट्रियसभामा बालिकाको हकमा हदम्याद हटाउनुपर्ने र अन्यको हकमा पुनर्विचार गर्नुपर्ने मागसहितको सङ्‍कल्प प्रस्ताव दर्ता भएको छ ।

प्रस्तावका समर्थकहरू पौडेलसँगै अन्य राष्ट्रियसभा सदस्यहरू प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह (गरिमा), गङ्‍गाकुमारी बेल्वासे र तुलप्रसाद विश्‍वकर्मा छन् ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ८ : ०२ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका