३ पुस २०८२, बिहिबार | December 18, 2025

संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍ने नीति तथा कार्यक्रम आएन : पूर्वअर्थमन्त्री पौडेल



काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍नेगरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पौडेलले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको पनि बताए ।

१० जेठमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार सहभागी हुँदै पौडेलले अर्थतन्त्र उकास्‍ने र आर्थिक वृद्धिदर उच्च पार्ने कुनै योजना नै नभएको भन्दै सरकारको चर्को आलोचना गरे ।

‘संकटोन्मुख अर्थयतन्त्र यतिबेलाको सबैभन्दा ठूलो समस्या हो । चुनौती हो । तर, नीति तथा कार्यक्रम संकट समाधानप्रति बेखर छ । संकटोन्मुख अर्थतन्त्रबारे सरकार चालै नपाए जस्तो गरेर अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी प्रस्तुत भएको छ’, उनले भनेका छन्, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, प्रतिस्पर्धी बनाउने र कसरी आर्थिक वृद्धिदर उच्च बनाउने भन्ने कुनै नीति सरकारसँग छैन ।ु

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दिशाहीन र गन्तव्यहीन भएको उनको टिप्पणी छ ।

नीति तथा कार्यक्रमलाई इतिहासकै सबैभन्दा कमजोर, मुलुकको समस्या नचिनेको ,समाधान दिन नसक्ने खोक्रो र सारहीन भएको पनि उपाध्यक्ष पौडेलले बताए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : ३५ बजे

रवि र छवि विरुद्धको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ