१ पुस २०८२, मंगलबार | December 16, 2025

संघीय संसदमा आर्थिक वर्ष २०७९/८०को बजेट पेश, ‘आयातबाट उत्पादनतर्फ प्रस्थान’



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट पेश गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहेका छन् ।

बजेट पेश गर्दै अर्थमन्त्री शर्माले यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको बताए । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे ।

अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराए ।

अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : २२ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच