८ बैशाख २०८१, शनिबार | April 20, 2024

खेलकुदमन्त्री र एनआरएन रुसका पदाधिकारीबीच छलफल,नेपालमा लगानी भित्राउन आग्रह



मस्को । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपालीहरुलाई (एनआरएन) आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन उनीहरुलाई आग्रह गरेका हुन् ।

रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुतावासद्धारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न एनआरएनएका सदस्यहरुलाई आग्रह गरे । नेपालमा लगानिको वातावरण बन्दै गईरहेकाले देशको आर्थिक विकासकालागि सरकारको साझेदार बन्न मन्त्री अथकले सुझाव दिए । विगतका असहजता र समस्याहरुलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए ।

बिदेशमा आर्जन गरेको सिप र स्वीफ्ट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी ब्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भईरहेको बताउँदै मन्त्री अथकले नेपालमा लगानी भित्राउन रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेका हुन् ।

अवसर र सम्भावनाको हिसावले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद रहेको मन्त्री अथकले दावी समेत गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दुतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारीक भ्रमणकालागि गत सोमबार रुस प्रस्थान गर्नुभएका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ५ : २४ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा