८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

श्रीलंका संकटः दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती



कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ ।

सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ ।
‘सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको व्यवस्था गर्न नसक्दा काममा जाने कर्मचारीको संख्यामा व्यापक कटौती गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयको आदेशमा भनिएको छ ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । गत वर्षको अन्त्यदेखि खाद्यान्न, औषधि र इन्धनजस्ता आवश्यक वस्तुहरूको आयातमा भुक्तानी गर्न असमर्थ भएको छ ।

घन्टौँ लामो लोडसेडिङका कारण उद्योग व्यवसाय प्रभावित भएका छन् । आर्थिक संकटलाई लिएर सर्वसाधारणले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा गर्न आह्वान गर्दै आएका छन् ।

यसैबीच, राष्ट्रसंघले श्रीलंकमा विपन्न वर्गका लागि खाद्यान्न सहयोग गर्ने बताएको छ ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ३५ बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश