१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् ।

शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर विधेयक निर्माणको कार्य अघि बढाइने बताए । ‘यसअघि त्यस विषयमा यहाँबाट आवाज उठेको थिएन,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले सवैको एउटै माग रहेको पाए, अब चाँडै सुदूरपश्चिमवासीको माग सम्बोधन हुनेगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्नेछु ।’

उनले कैलालीसँग जोडिएको गौरिफण्टा नाकाको अधिकार कैलाली प्रशासनले पाउने गरी निर्णय गरिनेसमेत बताए । गौरिफण्टा नाका व्यवस्थापनको अधिकार कञ्चनपुरलाई हुँदा यहाँका नागरिकलाई समस्या भएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले नागरिकलाई सहज हुनेगरी गौरिफण्टाको अधिकार कैलालीलाई दिन गृह मन्त्रालयलाई निर्देशन दिने बताए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासले गति लिएको बताए । ‘म एसएलसी दिएर काठमाण्डौ पढ्न जाँदा भारतको बाटो भएर ठुलो दुःख कष्ट भोगेर जानुपर्ने बाध्यता थियो,’ देउवाले भने, ‘अहिले कर्णालीमा पुल बनेको छ, राष्ट्रिय निकुञ्जमा २४ घण्टा ओहोर दोहोर गर्ने वातावरण बनेको छ, जतिवेला पनि प्लेन उडेको छ, यो यहाँका लागि ठुलो बिकास भएको हो, तर नागरिकका चाहान बढ्दै जानु पनि स्वभाविक हो ।’

उनले धनगढी उप महानगरपालिकालाई सुन्दर बनाउन खोलानालाको अतिक्रमण हटाइनु पर्नेमा जोड दिएका छन् । तर त्यसमा चुनौती रहेको भन्दै उनले चुनौतप् सामना गर्न नेतृत्व तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : २५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि