१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन



कञ्चनपुर । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ ।
विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो । बन्दले कञ्चनपुरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यहाँ स्वस्फूर्तरुपमा शैक्षिक संस्था, बजार, व्यवसाय पनि बन्द गरिएको छ ।
“बिहानैदेखि छोटो तथा लामो दूरीको यातायात बन्द छ । बजार पनि आंशिक बन्द छन्”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने, “बजारमा फाट्टफुट्ट मोटरसाइकल चलेका छन् ।” बन्दले कञ्चनपुरबाट बाहिर जिल्ला जाने समस्यामा परेका छन् ।
सरकारले गत २९ माघमा मन्त्रिपरिषद्को बैठकबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । यही जेठ १५ मा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएपछि सुदूरपश्चिममा चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।
विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले बजेटमा गेटालाई विश्वविद्यालय बनाउने निर्णय उपेक्षा गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताए । “मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय ग¥यो नीति तथा कार्यक्रममा पनि आयो तर बजेटमा आएन”, उनले भने, “यहाँ अर्बौंका भवन बनेका छन्, अब सुदूरपश्चिमलाई ठग्न पाइँदैन ।” उनले सरकारले यथाशीघ्र विश्वविद्यालय बनाउन पहल गर्नुपर्ने बताए।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ३ : ०४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि