२३ बैशाख २०८१, आइतबार | May 6, 2024

पूर्वमाओवादीहरुबीच नयाँ एकता हुने दिन नजिकिएको छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरुबीच नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रिय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्व माओवादीहरुको नयाँ एकताको श्रृंखला नजिकिएको बताएका हुन् । अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी गरे । अध्यक्ष प्रचण्डले कर्मचारीहरु भित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताए ।

प्रचण्डले भने, ‘हामी केही समयदेखि एकता र विभाजनको जे श्रृंखला पार गरेर यहाँ आइपुगेका छौँ, अहिले । हाम्रो माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा श्रृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिव करिव कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ । अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । छिटै त्यो टुंगोमा पुग्दैछ । त्यसको असर विभिन्न जनसंगठनहरुमा पनि पर्नु स्वभाविक हो पर्छ । मलाई लाग्छ कर्मचारीभित्र पनि बिस्तारै बाँकी रहेका साथीहरु एकीकृत हुने अवस्था बन्छ ।’

अध्यक्ष प्रचण्डले कर्मचारीभित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीयता कमजोर बनाउने काम भइरहेको बताए । उनले कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरुले संघीयता वा संघीय निजामति ऐन अघि बढाउने कुरा वा वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरुलाई सम्बोधन हुन नदिने प्रयास भइरहेको बताइ । प्रचण्डले संघीय निजामति ऐन सदनको समितिबाट पारित गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएको तर कर्मचारीतन्त्रको उच्च पदाधिकारी हरुबाट नै व्यवधान भइरहेको जिकिर गरे ।

उनले भने, ‘कर्मचारी भित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीय लोकताीन्त्रक गणतन्त्र उल्टयाउन चाहने प्रवृत्ति अहिले पनि छ । कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरु यो संघीयता वा संघीय निजामति ऐन अघि बढाउने कुरा वा वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरुलाई सम्बोधन हुन नदिने र प्रकारान्तरले अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रलाई, संघीयतालाई कमजोर पार्ने, उल्टयाउन खोज्ने प्रवृत्ति अहिले पनि कायम नै छ । अहिले संघीय निजामति ऐन बनाउने कुरामा समस्या सदनको समितिबाट पारित गरेर गएको छ, लामो समयसम्म प्रधानमन्त्रीको अफिसमा रहीराखेको अवस्था छ । त्यसलाई अघि बढाउने सन्दर्भमा मुख्यतः कर्मचारीतन्त्रबाट कर्मचारीतन्त्रको हाईयर लेभलका अफिसरबाट नै केही न केही व्यवधान भइरहेको अवस्था छ । यो ऐन अघि बढाउन तपाईहरुले पनि विभिन्न रुपमा पहल गर्न र स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको वृत्तिविकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा आफनो ठाउँबाट आवाज उठाउनु होला ।’

अध्यक्ष प्रचण्डले गठबन्धनको बैठकमा निजामित ऐन र वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियाको बारेमा कुरा राख्ने प्रतिवद्धता जनाए । उनले स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको वृत्ति विकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा सबैले आवाज उठाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : २१ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa