२९ असार २०८३, सोमबार | July 13, 2026

मन्त्री हेरफेरको विषय तत्काल टुंग्याउन एकीकृत समाजवादीका नेताहरुको दबाब



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएका छन् ।

बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रीय सविचवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्यूरो, शनिवार हुने केन्द्रीय कमिटी र असार १३ र १४ गते हुने केन्द्रिय परिषदकोको बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताए । उनले उक्त बैठकमा पार्टी अध्यक्ष नेपालले प्रश्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको जानकारी दिए ।

उपमहासचिव तुलाधरले भने, ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको २७ औँ बैठक हिजो शुरु भएर आज सम्पन्न भएको छ । मुलरुपमा यो सचिवालयको बैठक अरु तीन वटा बैठकको तयारीस्वरुप बसेको बैठक हो । भोलि पोलिटब्यूरोका बैठक बस्दैछ । शनिवार केन्द्रिय कमिटीको बैठक बस्दैछ । १३ र १४ गते केन्द्रिय परिषदको बैठक बस्दैछ । सोही बैठकहरुको लागि एजेण्डा तयार गर्नका लागि यो बैठक बसेको थियो भने यी सबै बैठकमा अध्यक्षबाट प्रश्तुत हुने राजनीतिक प्रतिवेदनमाथि हामीले गम्भीर छलफल गरेका छौँ । सामान्य सुझाव पनि राख्ने काम भयो । आज प्रतिवेदन छापिन्छन, पोलिट ब्यूरो, केन्द्रिय कमिटीका बैठकमा प्रतिवेदन प्रश्तुत हुन्छन । सचिवालयको २६ औँ बैठकले निर्णय गरेर स्थायी कमिटीको १२ औँ बैकठले अनुमोदन गरेको मन्त्री हेरफेर सम्बन्धी निर्णयमाथि पनि छलफल भएको छ । बैठकमा अधिकांश नेताहरुले स्थायी कमिटी र सचिवालयले गरेका निर्णय लागू हुँदैन भनेर प्रश्न गर्नुभयो । नेताहरुले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रीमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुराहरु भएका छन । गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भयो ।’

उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरुले त्यसले पार्टीका कार्यकर्ताहरुमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए । उनले गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएको समेत बताए ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ४ : ४१ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले