२९ असार २०८३, सोमबार | July 13, 2026

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै



काठमाडौं ।सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो ।

शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

एकीकृत समाजवादीभित्र मन्त्री फेर्ने विषयमा विवाद उत्पन्न भएको छ । पार्टीको सचिवालयले निर्णय गरेर मन्त्री फेर्नका लागि प्रधानमन्त्रीलाई सूची बुझाए पनि कार्यावन्यन भएको छैन । हाल मन्त्री रहेका र मन्त्रीमा सिफारिस गरिएकाहरुबीच तिक्कता बढ्दो छ । पार्टी निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै शीर्ष नेताहरुले नै अध्यक्ष माधवकुमार नेपालको आलोचना गरिरहेका छन् ।

पार्टी बनेको एक वर्ष नपुग्दै आन्तरिक राजनीतिक संकट गहिरिँदै जाँदा बस्न लागेको पोलिटब्यूरो बैठकमा यस विषयमा पनि छलफल हुनसक्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : २० बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले