२२ भदौ २०८३, सोमबार | September 8, 2026

माओवादी केन्द्र महोत्तरीमा चर्कियो अन्तरविरोध



महोत्तरी । ‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि मतपरिणाम प्रतिकुल आइइाल्छ नि,’ यो भनाइ हो माओवादी केन्द्र महोत्तरीका नेता राजु ढकालको ।

तर, अहिले महोत्तरीमा ढकालले चित्त बुझाएजस्तो माओवादी केन्द्रभित्र अरुले चित्त बुझाएका छैनन् । माओवादी केन्द्रले महोत्तरीमा व्यहोरेको पराजयकै कारण दुई पक्षबीचको तिक्तता यतिबेला उत्कर्षमा छ ।

माओवादी केन्द्रभित्रको संस्थापन खेमा र पूर्व जनमोर्चा खेमामा आरोप–प्रत्यारोप चल्न थालेको छ । विवाद उत्कर्षमा पुग्दै बैठकसमेत छुट्टाछुट्टै राख्न थालिएको छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले चारवटा पालिकामा जितेर जिल्लाकै तेस्रो दल बनेको थियो । तर, गत वैशाखमा भएको निर्वाचनमा केही वडाहरू बाहेक कुनै पालिकामा पनि जित हासिल गर्न सकेन ।

यही लज्जास्पद हारको जिम्मेवारी कसले लिने भन्ने सम्बन्धमा आरोपप्रत्यारोपको अवस्था सिर्जना भएको हो । पाटीभित्रैका जिम्मेवार नेता र कार्यकर्ताहरूको अन्तर्घातको प्रतिफल नै पराजयको कारक बनेको संस्थापन पक्षको निष्कर्ष छ भने संस्थापनइतर जनमोर्चा खेमा भने यसलाइ अस्वीकार गर्छ ।

स्थानीय निर्वाचनमा टिकट कसले पायो भन्ने विषयले मुख्य प्राथमिकता राख्ने भएको हुँदा पार्टीले टिकट वितरणमा समेत त्रुटि गरेको संस्थापनइतरको विश्लेषण छ ।

विशेषगरी केन्द्रीय सदस्य राजु खड्का र गिरिराजमणि पोखरेलबीचको तिक्तताले माओवादी केन्द्र महोत्तरीमा तरङ्ग ल्याएको हो । पोखरेल महोत्तरी क्षेत्र न.१ वाट प्रतिनिधि सभा सदस्यमा लगातार तीनपटक निर्वाचित भइसकेका छन् भने राजु खड्का अहिले जिल्लाका इन्चार्ज हुन् ।

खड्का बर्दिबास नगरपालिका मेयरमा पराजित भए । उनले आफ्नो पराजयको दोषसमेत पोखरेल समूहलाई लगाएका छन् । पूर्वनगरप्रमुख विदुरकुमार कार्कीको असहयोग, गिरिराजमणिको निस्क्रियता तथा विशेषगरी जनमोर्चा खेमाको असहयोगकै कारण आफुले हार व्यहोरेको खड्काको तर्क छ ।

तर, पोखरेल समूहले भने आफूहरूले आफ्ना उम्मेदवारलाई जिताउन हरकोसिस गरेको दावी गरेका छन् । पोखरेलसँग निकट मानिने युवा नेता शंकर महतो आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन निकै कोसिस गरेको दाबी गर्छन् ।

मुख्य नेताहरूबीचमा बढिरहेको दूरीको कारणले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत ठूलो असर पर्न सक्ने भन्दै कार्यकर्ताहरू चिन्तित् बन्न थालेका छन् ।

संस्थापन पक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न केन्द्रीय पार्टी कार्यालय नै पुगेको थियो । अध्यक्ष प्रचण्डसँगको भेटमा सहभागीहरूले पोखरेल समूहबाट पार्टीलाई भएको असहयोगका कारण हार व्यहोर्नु परेको गुनासो गरिएको थियो । पार्टीले व्यहोर्नुपरेको पराजयका कारण नैतिकताका आधारमा जिल्ला इन्चार्जबाट राजु खड्काले को राजीनामा दिनुपर्ने आवाज पनि उठ्न थालेको एक नेताले बताए ।

 

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ५१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार