२९ असार २०८३, सोमबार | July 13, 2026

रूपान्तरण अभियानमा नै महोत्तरी माओवादी समान्तर गतिविधिमा



महोत्तरी । माओवादी केन्द्र महोत्तरीको विवाद उत्कर्षमा पुगेको बेला बर्दिवास नगरपालिकामा समान्तर अभियान सुरु भएको छ ।

जनतासगँ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत महोत्तरीका इन्चार्ज बनेर आएका केन्द्रिय सदस्य अच्युतम काफ्लेले समान्तर गतिविधिले दिक्क भएको बताएका छन ।

इन्चार्ज काफ्लेले पाटीको निर्देशन विपरित बर्दिवासमा समान्तर गतिविधि भएको ठहर गर्दै एक बिज्ञप्ति समेत जारी गरेका छन । बिज्ञप्तिमा पार्टीको कार्यविभाजन अनुसार वडामा खटिनुपर्ने नेताहरुले समान्तर गतिविधि गरेको बताउदै यस्ता गतिविधि नगर्न सचेत समेत गराइएको छ ।

गत २९ भदौकै दिनवाट यस्ता गतिविधिमा नलाग्न निर्देशन दिदै इन्चार्ज काफ्लेले समान्तर गतिविधमा लागेको पाईएमा गम्भीर अनुसासन उल्लंघनको बिषय बन्न सक्ने बताएका छन । तर माओवादी केन्द्र महोत्तरीमा संस्थापन पक्ष र संस्थापन इतरविच विवाद चुलिदै गएको छ । बर्दिवासमा नै २ बर्षदेखी पार्टी कमिटी बनाउन नदिई हस्तक्षेप गरेको संस्थापन इतरको आरोप छ भने संस्थापन पक्षले जे जस्तो विवाद भए तापनी वडा अभियान सके पछि निष्कर्षमा पुर्‍याउने बताउदै आएको छ ।

यसैबीच बर्दिवास नगर कमिटीको नेतृत्व विहिन बनिरहेको वेला रुद्र सुस्लिङ्ग मगरलाई नगर इन्चार्ज बनाएर रुपान्तरण अभियानका कार्यक्रम संचालन गर्दै आएको छ । नगरबाटै निर्णय गरि वडामा कसरी जाने रु भन्ने बिषय तय भएको र सोहीअनुसार कार्यक्रम संचालन गरिरहेको रुद्र सुस्लिङ्ग पक्षले जनाएको छ ।

तर इन्चार्ज अच्युतम काफ्ले र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले भने यो निर्णयलाई अस्वीकार गरेका छन । १७ साउन देखि २१ साउनसम्म चलेको केन्द्रीय बैठकको निर्णय अनुसार नै पाटी चल्नुपर्ने र पाटी सर्कुलेसन बाहिर गएर कुनै पनि गतिविधि गर्न नमिल्ने उनिहरुको भनाइ छ ।

नगर कमिटीलाई पुर्णता दिएर वडाका कार्यक्रम संचालन गर्दा थप प्रभावकारी बन्ने ठानेर पाटी हितका लागी नै आफुहरु लागि परेको सुस्लिङ्ग पक्षधरको दावी छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ९ : १० बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले