२२ भदौ २०८३, सोमबार | September 7, 2026

रुपान्तरण अभियानकै बीच माओवादी महोत्तरीको विवाद उत्कर्षमा



महोत्तरी । माओवादी केन्द्रको रुपान्तरण अभियान कै क्रममा महोत्तरीमा खटपट सुरु भएको छ ।

संस्थापन र संस्थापन इतर पुर्व जनमोर्चा धारको विवादका कारण विशेष गरी क्षेत्र नं.१ मा खटपट सुरु भएको हो ।

महोत्तरीका जिल्ला इन्चार्ज समेत रहेका राजु खडका र गिरिराजमणि पोखरेल पक्षधरबीच भएको विवाद रुपान्तरण अभियान कै क्रममा उत्कर्षमा पुगेको छ । तर, खडका रुपान्तरण अभियानमा सर्लाहीको नेतृत्व गरिरहेका छन् भने महोत्तरीमा अच्युतम काफ्ले कमाण्डर बनेका छन । लामो समयदेखी पाटीभित्र चलिरहेको आन्तरिक टसल सतहमा देखिएपछी केन्द्रमा समेत यसको ध्यानाकर्षण गराइएको छ ।

मधेश प्रदेशको कमाण्डर बनेर आएका केन्द्रिय सचिव लीलामणि पोखरेलले खासै विवाद नरहेको वताउँछन् तर आन्तरिक विवादलाई सचिव पोखरेलले सुल्झ्याउने प्रयास नगरेको कतिपय नेताहरुको आरोप छ । रुपान्तरण अभियानलाई प्रभावकारी बनाउन बर्दिबास नगर नेतृत्वविहिन बने पछि बहुमतले रुद्र सुस्लिङलाई अगाडि सारेको र यहीवाट विवाद सुरु भएको बुझिएको छ । वडा तहवाट सुरु गरिने भनिएको रुपान्तरण अभियानमा सुस्लिङ मगरलाई अगाडि सार्नु नै रहस्यमय बनेको संस्थापन पक्षको जिकिर छ ।

यता नगरमा पुर्व नगरप्रमुख विदुर कार्की पक्षधरहरुले भने पाटी लामो समयदेखि बन्दी भएको र जनताको घरदैलोमा जादा जिम्मेवारीपुर्ण ढंगले प्रस्तुत हुनुपर्ने भएकाले रुद्र सुस्लिङ्गलाई पाटीको बहुमत सदस्यले जिम्मेवारी दिएको दाबी गरेका छन । माओवादी केन्द्रको आधार इलाका मानिएको क्षेत्र नंं.१ मा यस्तै विवादहरुले कमजोर बन्दै गएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा बर्दिवास, गौशाला माओवादी केन्द्रले जितेको थियो भने संघमा समेत माओवादी केन्द्रले नै जितेको थियो ।

तर यो निर्वाचनमा माओवादी केन्द्रले प्रदेश (ख) मा वाहेक सवै पालिका मात्र हैन संघ समेत गुमाउनु पर्‍यो । नेताहरुविचको आन्तरिक टसलले कार्यकर्ता समेत दुई कित्तामा उभिएका छन । एकथरीले पाटीको विधि र प्रक्रियालाई मिचेको भन्दै आलोचना गरिरहेका छन भने अर्कोथरीले पाटी बलियो वनाउन यो नै उत्तम अस्त्र भएको बताउदै आएका छन ।

नगरको नेतृत्वको लागि खडकाले ज्ञान बहादुर गोलेलाई अगाडि सारेका थिए भने बिदुर कार्की पक्षधरले रुद्र सुस्लिङ्गलाई अगाडि सारेका थिए । जिल्ला इन्चार्ज समेत रहेका खडकाले सन्तुलित नेतृत्व गर्न नसकेको आरोप लगाउदै पाटीभित्रको सम्पुर्ण उत्तारचढावलाई खडकाले नै जिम्मेवारी लिनुपर्ने कतिपय नेताहरुको तर्क छ ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ११ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार