१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा



काठमाडौं । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।

शनिवार अपरान्ह काठमाडौँ ओलिएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले बताएको छ ।

काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको पनि अनुभव छ ।

राजदूत श्रीवास्तवले राष्ट्रपति बिद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : २६ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं