३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

आर्थिक अवस्था सुधार गर्न सजग बन्नुपर्ने अवस्था छ : उद्योगमन्त्री बडू



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँडनुपर्ने अवस्था आएको बताएका छन् ।

बुधवार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदुत र निर्यात व्यवसायी बीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हुन् । सरकारको अपेक्षाअनुसार निर्यात बढन नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको बताए ।

मन्त्री बडूले व्यापारघाटा बढदो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे । उनले सरकारले आफनो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढदो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताए । मन्त्री बडूले निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी नेपालमा भित्रयाउने काममा सरकार लागि परेको बताए ।

बडूले भने, ‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँडनुपर्ने अवस्था छ । आयात बढीरहेको छ । अपेक्षाअनुसार निर्यात बढन सकेको छैन । प्रयत्नहरु धेरै भइरहेको छ । व्यापारघाटा बढदो अवस्थामा छ । यो अवस्थालाई ध्यानमा राखेर अहिले मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको छ । यतिबेला सरकारले आफनो नीति र कार्यक्रम र बजेटमार्फत पनि यही अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढदो आयातलाई व्यवस्थापन गर्ने, सक्दो प्रतिस्थापन पनि गर्ने, निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी आओस भनेर भन्ने उददेश्यले केही नीतिगत कार्यक्रमगत निर्णयहरु हामीले गरेका छौँ । राष्ट्रिय उत्पादकहरु बढाउने र विशेष रुपले अभियानका रुपमा तयारीमा लागेका छौँ । राष्ट्रिय उत्पादन र उपभोग बढाउन सक्यौँ भने आयातलाई केही व्यवस्थापन गर्नसक्छौँ ।’

मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने उल्लेख गरे ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : २६ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन