११ बैशाख २०८१, मंगलबार | April 23, 2024

आर्थिक अवस्था सुधार गर्न सजग बन्नुपर्ने अवस्था छ : उद्योगमन्त्री बडू



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँडनुपर्ने अवस्था आएको बताएका छन् ।

बुधवार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदुत र निर्यात व्यवसायी बीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हुन् । सरकारको अपेक्षाअनुसार निर्यात बढन नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको बताए ।

मन्त्री बडूले व्यापारघाटा बढदो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे । उनले सरकारले आफनो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढदो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताए । मन्त्री बडूले निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी नेपालमा भित्रयाउने काममा सरकार लागि परेको बताए ।

बडूले भने, ‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँडनुपर्ने अवस्था छ । आयात बढीरहेको छ । अपेक्षाअनुसार निर्यात बढन सकेको छैन । प्रयत्नहरु धेरै भइरहेको छ । व्यापारघाटा बढदो अवस्थामा छ । यो अवस्थालाई ध्यानमा राखेर अहिले मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको छ । यतिबेला सरकारले आफनो नीति र कार्यक्रम र बजेटमार्फत पनि यही अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढदो आयातलाई व्यवस्थापन गर्ने, सक्दो प्रतिस्थापन पनि गर्ने, निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी आओस भनेर भन्ने उददेश्यले केही नीतिगत कार्यक्रमगत निर्णयहरु हामीले गरेका छौँ । राष्ट्रिय उत्पादकहरु बढाउने र विशेष रुपले अभियानका रुपमा तयारीमा लागेका छौँ । राष्ट्रिय उत्पादन र उपभोग बढाउन सक्यौँ भने आयातलाई केही व्यवस्थापन गर्नसक्छौँ ।’

मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने उल्लेख गरे ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : २६ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम