१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

मुलुकको निर्यात व्यापार बढाउन ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम : उद्योगमन्त्री बडू



काठमाडौं । सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पु-याएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताएका हुन् ।

नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै बडूले यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पूँजी र बाह्य पूँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भईरहेको पनि बताए ।

सरकारले चलाईरहेका उद्योगहरु पनि बन्द रहेको अवस्थाको चित्रण गर्दै मन्त्री बडूले त्यस्ता उद्योगहरुको पनि संचालनका लागि सरकारले उद्योगमैंत्री वातावरण निर्माण गरिरहेको दावी समेत गरे । उनले सरकार र निजी क्षेत्र मिलेर अघि नबढने हो भने फेरी पनि चिन्ता गरेर बस्नुको विकल्प नहुने बताए ।

मन्त्री बडूले सरकारले संचालन गरिरहेको उद्योगधन्दा र औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा संचालन गर्न पनि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको बताए । उनले निर्यात बढाउने कामका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको दोहो-याए ।

कार्यक्रममा एबीसी टेलिभिजनका ब्यूरो प्रमुख रविन्द्र पौडललाई पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रमा टेवा पुराएको भन्दै नेपाल व्यापार संघले कदर पत्रसहित सम्मान गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ०२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम