८ बैशाख २०८३, मंगलबार | April 21, 2026

अविरल वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका दर्जनौ सडक अवरुद्ध, सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध



बुटवल । २ दिन देखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जनौं स्थानमा सडक अवरुद्ध भएको छ । पानीपर्ने क्रम जारी रहेकाले अवरुद्ध भएका सडक खुलाउन असहज भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको तिनाउ गाँउपालिका-३ ड्याम साईड नजिकै लेदो सहितको पहिरो खस्दा बिहान ५ बजेदेखि बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध छ भने सिद्धार्थ राजमार्गकै बगनाशकाली गाँउपालिका ५ पाल्पामा पहिरो खस्दा पाल्पा-पोखरा खण्ड पनि अवरुद्ध भएको छ ।

त्यसैगरि गुल्मीको रुरुक्षेत्रको रातमाटामा पहिरो खस्दा रिडी-तम्घास सडक अवरुद्ध छ भने रिडी-बुर्तिबाङ सडकको सत्यवती गाँउपालिका जहरे खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

पश्चिम दाङको घोराही १७ बगालेमा पहिरो खसेर दाङ-रोल्पा सडक अवरुद्ध छ भने प्युठान सरुमारानी गाँउपालिका बड्डाँडामा पहिरो खस्दा भालुवाङ-रोल्पा सडक पनि अवरुद्ध रहेको छ । रुकुम सिस्ने ५ रानीबोटमा र रुकुमकै भुमे गाँउपालिकामा पर्ने मध्यपहाडी राजमार्ग समेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र मौसमको जानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक प्रहरी लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खाँणले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ३३ बजे

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने