२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रचण्डलाई घनश्याम भुसालको जवाफ – एमालेमा रोपेको बीऊ उम्रिँदैन



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले एमालेमा प्रचण्डले रोपेको बीऊ नउम्रिने दाबी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा बीऊ रोपेको र त्यसले केही समयमा फल दिने भने लगत्तै भुसालले प्रतिक्रिया जनाउँदै एमालेमा रोपेको बीऊ नउम्रिने बताएका हुन् ।

काठमाडौंमा वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले भने ‘अब नेपालमा एकीकृत कम्युनिस्ट पार्टी मात्रै बलियो पार्टीका रूपमा स्थापित हुने पनि बताए । उनले भने, ‘माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड सीपीको बीउ, कमरेड फलानाको बीउ, अब यी बीउहरू उम्रिँदैनन् । रैथाने बीउहरू परापूर्वकालका बीउहरू राख्ने हो तर तिनीहरूले नै आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ । धेरै बीउहरूमध्येबाट सेलेक्सन गर्दै हाइब्रिड बनाउँदै अझ धेरै बीउ उत्पादन गर्ने बीउ बनाउनुपर्छ । कमरेड प्रचण्डले के भुल्नुभयो भने माओवादी, एमाले, एकीकृत समाजवादीको बीउ उम्रिँदैन । नेकपा विभिन्न सिडहरूबाट संकलित गरे बनाएको हाइब्रिड बीउ हो । तर हामीले त्यो बीउको भकारीमै आगो लगायौँ ।’

भुसालले कम्युनिस्टहरू फुटेर कमजोर भएको जिकिर गरे । भुसालले अलग÷अलग भएर कम्युनिस्ट पार्टीहरू नचल्ने बताए। उनले कम्युनिस्ट पार्टीको विभाजन आफ्नै घरमा आगो लगाउनुजस्तो भएको बताए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : २० बजे

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको