८ बैशाख २०८१, शनिबार | April 20, 2024

पेट्रोल-डिजेलमा लाग्दैआएको १० रुपैयाँ कर घटाउन अर्थद्वारा वाणिज्य मन्त्रालयलाई आग्रह



काठमाडौं । सरकारले डिजेल पेट्रोलमा लगाउँदै आएको पूर्वाधारकर बापतको १० रुपैयाँ घटाउने भएको छ ।

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ।

अहिले सरकारले पेट्रोलियम पदार्थको खरिद मूल्यमा विभिन्न नाममा ६३ रुपैयाँ २३ पैसा कर लिने गर्छ । त्यसमध्ये पूर्वाधारका नाममा लिँदै आएको कर घटाउने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही अनुसार अर्थमन्त्रालयले कर घटाउन विभागीय मन्त्रालयलाई निर्देशन दिएको हो ।

पेट्रेलियम पदार्थमा एक सातामै चर्को मूल्यवृद्धि भएपछि सर्वत्र विरोध हुन थालेपछि मन्त्रिपरिषद् बैठकले १० रुपैयाँ कर घटाउन अर्थ मन्त्रलयलाई निर्देशन दिएको थियो ।

उद्योगमन्त्रालयले अर्थको निर्देशनअनुसार नेपाल आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने अपेक्षा गरिएको छ । तर, आयल निगमले भने अहिले नै पेट्रोल खरिदमा मात्र मासिक १ अर्ब रुपैयाँ घाटा रहेको जिकिर गर्दै पूर्वाधार कर घटाइएको मूल्यलाई निगमको घाटा पूर्तिमा समावेश गर्नुपर्ने माग गरेको छ ।

अहिले पेट्रोलको बजार मूल्य १८० रुपैयाँ रहेको छ । १० रुपैयाँ घटेको मूल्य समायोजन भयो भने पेट्रोलको बजारभाउ १७० रुपैयाँ हुनेछ ।

करको उपयोगिता हुनेछ,’ उनले भने।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ४२ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन