१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा संकल्प प्रस्ताव पेस हुँदै



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावललाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरेका छन् ।

शुक्रबारको सम्भावित कार्यसूचीमा उल्लेख भएको संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि मूल्यवृद्धि नियन्यत्रणतर्फ सरकारले ध्यान नदिएको आरोप लगाइएको छ ।

‘पेट्रोलिय पदार्थको मूल्य समायोजन कसरी गर्न सकिन्छ ? भनेर प्रतिपक्ष दल एवं सबन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाउनु असान्दर्भिक, गैरजिम्मेवार र बेमौसमी छ,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘जनताको आधारभुत आवाश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चित गर्न तत्काल पेट्रोलिय पदार्थको मूल्य घटाउन स्पस्ट खाका पेस गर्न सरकारलाई झकझकाउन संसदले पहल गर्न आवाश्यक भएका’ भन्दै उक्त संकल्प प्रस्ताव पेश गरिएको हो ।

सो प्रस्तावसहित आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्यय अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १० : २८ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण