२५ भदौ २०८३, बिहिबार | September 11, 2026

एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवा असहमत, माधव नेपालको प्रस्ताव अलपत्र



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्री फेर्न असहमत भएपछि नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव अलपत्र परेको छ ।

एकीकृत समाजवादीले हिजो सरकारमा सहभागी आफ्नो पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाएर अन्य मन्त्रीहरु पठाउने निर्णय गरेको थियो । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम दिएर सपथको तयारी गराउन आग्रह गरेका थिए । तर प्रधानमन्त्री देउवाले सो प्रस्तावलाई अस्वीकार गरेका छन् ।

देउवाले संसदमा बजेटबारे छलफल भैरहेको बेलामा मन्त्री फेर्नु राम्रो नहुने जनाएका थिए । त्यसअघि एकीकृत समाजवादीकै मन्त्रीहरुले देउवालाई भेटेर आफुहरुलाई नहटाउन आग्रह गरेका थिए । उनीहरुले आइतबार नै माओवादी अध्यक्ष प्रचण्डलाई समेत भेटेर पार्टी अध्यक्ष नेपालसँग कुरा गरिदिन आग्रह गरेका थिए ।

मन्त्री हेरफेरबारे आज बिहान गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्न सक्ने, बजेट चल्दै गर्दा फेर्न उचित नहुने र यसबाट गठबन्धनमै समस्या आउनसक्ने विषयबारे छलफल भएको थियो । त्यसपछि देउवाले मन्त्री फेर्न नहुने निस्कर्षमा पुगेका हुन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले यसअघि नै मन्त्रीहरु नफेरिने बताइसकेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : १२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ