१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

विश्व बैंकले युक्रेनलाई थप १ दशमलब ५ अर्ब डलर सहयोग दिने



किभ । विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ ।

२४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । ययुद्धका कारण पूर्वाधारहरु ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध भइरहेको छ ।

नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग सरकारी तथा सामाजिक कार्यकर्ताको ज्याला तिर्न प्रयोग गरिने जनाएको छ ।

‘जारी युद्धका समयमा विश्व बैंकले युक्रेन र यहाँका मानिसका लागि निन्तर सहयोग गरेको छ ’, बैंकका अध्यक्ष डेभिड मालपासले एक विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ६ : १७ बजे

९ वर्षिय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल

कैलालीमा प्रचण्डलाई अछामी विशेष परिकार भक्सीको स्वाद चखाइयो

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा पदस्थापन

बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद