१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते



दाङ । दाङको राप्ती गाउँपालिका-८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् ।

आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाण्डौबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये तुल्सीपुर उपमहानगरपालिका-११ की मिरा चौधरी र बबई गाउँपालिका-५ का २३ वर्षीय तारा बहादुर बिश्वकर्मा गम्भिर घाइते भएका हुन ।

घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १२ : ५४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई