३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, केही राउण्ड अश्रुग्यास प्रहार



काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर फ्याँक्न नुवाकोटको बन्चरेडाँडामा गएका गाडीहरुलाई अवरोध गरेपछि बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको डिआइजी उत्तमराज सुवेदीले बताएका छन् ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नुपरेको उनको भनाइ छ ।

काठमाडौंबाट फोहोर लिएर गएका गाडी स्थानीयले अगाडि बढ्न नदिएपछि बिहानदेखि नै बन्चरेडाँडामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थालिए पनि बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ४ : ०५ बजे

नीति तथा कार्यक्रम यथास्थितिवादी, स्पष्ट दिशा र प्राथमिकता छैन : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले

प्रधानमन्त्री जवाफ दिन नआए सदन बहिष्कार गर्छौं : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृतिका पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति

एमाले सचिवालय बैठक जेठ २ गते बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते बस्ने

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं । जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का

नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०