१७ बैशाख २०८१, सोमबार | April 29, 2024

त्रिविको ताला तीन दिनभित्र खोल्न अनेरास्ववियुको माग



काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु)ले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दी खोल्न तीन दिने अल्टिमेटम दिएको छ । विगत पाँच महिनादेखि भइरहेको तालाबन्दी तीन दिनभित्रमा खोल्न अनेरास्ववियुले माग गरेको हो ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले एक विज्ञप्ती जारी गर्दै तीन दिनभित्रमा तालाबन्दी नखोले ताला फोड्ने चेतावनी दिइन् । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विगत पाँच महिनादेखि तालाबन्दी गरेको छ । उक्त ताला तीन दिनभित्रमा खोलेर विश्वविद्यालयको काम सञ्चालन गर्न अनेरास्ववियुले माग गरेको हो ।

विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले नेविसंघका नेताका नेताहरूले आक्रमण गरेका थिए । आक्रमण गर्नेलाई अदालतले धरौटी माग गरेको थियो । तर, नेविसंघले उक्त धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्नुपर्ने अभिप्रायले तालाबन्दी गरेको अनेरास्ववियुको आरोप छ ।

वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झण्डको समर्थनमा अहिले विश्वविद्यालयमा बन्द रहेको अनेरास्ववियुको आरोप छ । अनेरास्ववियुले यस्तो कार्यमा संलग्न हुनेलाई राजनीतिक संरक्षण नदिन नेविसंघ र प्राध्यापक संगठनहरूले आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : ११ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण