२७ भदौ २०८३, शनिबार | September 12, 2026

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ?



काठमाडौं । एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् ।

पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन् ।

पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘कहाँबाट आयो ईसा रु’ पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उनले आशंका गरे ।

‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश रुमैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन रु कहाँबाट ईसा आयो रु यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन रु कि सरकार आफैं संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइनेछैन भन्ने लेख्ने, भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन रु जनतालाई यसको जवाफ दिनुपर्छ । नत्र कसरी पाठ्यक्रममा लेखियो रु,’ सांसद रावलले बैठकमा प्रश्न गरे ।

सांसद रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको पनि आरोप लगाए । उनले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको बताए।

काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ ।

‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : ४२ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक