२९ असार २०८३, सोमबार | July 13, 2026

माओवादीले विजय हासिल गरेका १ सय २१ पालिकालाई समाजवादी सत्ताका भ्रूण बनाउन प्रचण्डको निर्देशन



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोही अनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए ।

गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले आगामी चुनावमा गठबन्धन कायमै रहने र चुनावको तयारी गर्न आग्रह गरे । उनले निर्वाचनमा पार्टीले प्रमुख जितेका पालिकालाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुन सुझाए ।

२०७४ सालको स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब पार्टीको नीति र सिद्धान्तका आधारमा पालिका चलाउन उनको आग्रह छ ।

प्रचण्डले स्थानीय निर्वाचनमा आफूहरू दोस्रो स्थानमा हुने आङ्कलन गरे पनि गठबन्धन अझै प्रभावकारी नहुँदा सिट घटेको बताएका छन् । उनले जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र पटक पटक भइरहेको भन्दै संघीयता, गणतन्त्र र संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने बताए ।

विगतमा केपी ओलीले संसद् नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोजेको आरोप लगाउँदै सबै उपलब्धि रक्षाको लागि आगामी चुनावमा समेत गठबन्धनको विकल्प नभएको प्रचण्डको भनाई छ ।

‘हामीले विजय हासिल गरेका १ सय २१ पालिकालाई समाजवादी सत्ताका भ्रूणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला । के गर्न उचित हुन्छ, सुझाव लिनुहोला ।’

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : १६ बजे

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की