१७ माघ २०८२, शनिबार | February 1, 2026

विपद् जोखिमको पूर्व तयारीमा रहन गृहमन्त्रीको सशस्त्र प्रहरी बललाई निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपदको समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित सिसं २ गोताखेर तालिमको समापन गर्दै मन्त्री खाणले विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताए । उनले यस्ता कार्यका लागि नेपाल सरकार र गृहमन्त्रालयका तर्फबाट निरन्तर सहयोग र सहजीकरण हुने विश्व व्यक्त गरे।

समारोहमा मन्त्री खाणले तालिममा प्रथम भएका सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गरे । उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट उपलब्ध गराइएको ९७ लाख बराबरको विभिन्न किसिमका विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरेका थिए। मन्त्री खाणले डिजास्टर म्यानेजमेन्टर रेकर्ड एण्ड एक्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए।

सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एम्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

समारोहमा गृहसचिव टेकनाराण पाण्डेले विपद्‍मा परेका आम नागरिको जीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै विपद् तथा महामहारी आउनुभन्दा अगावै पूर्व तयारी भएर बस्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : ४६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले